कोरोनाको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्रीलाई विज्ञको सुझाव

काठमाण्डु टुडे २०७८ साउन ६ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई अब आउन सक्ने कोरोनाको तेस्रो लहरको पुर्व तयारीका लागि १८ बुँदे सझाव दिएको छ ।

स्वास्थ्य सेवाहरुमा अवरोध खडा गर्ने सबैभन्दा ठुलो कारण नै लकडाउन हुने भन्दै प्रतिष्ठानले नेपालमा कोभिड–१९ समक्रमणभन्दा मुटु, फोक्सोको रोग, मस्तिष्कघात र पखालाका कारण बढी मानिसको मृत्यु हुन्छ भन्ने हेक्का राख्न आग्रह गर्दै बन्दाबन्दीमा यिनै कारणहरूबाट मृत्यु हुने सम्भावना बढी रहनेतर्फ ध्यानाकर्षण गराएको छ ।

यस्तै, सीमानामा रहेका जनताको आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्न, सहरका प्रत्येक वडा र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरूका लागि अक्सिजन बैंक हुनुपर्नेमा पनि प्रतिष्ठानले ध्यानाकर्षण गराएको छ  ।

18 point recommendation_Nepali  सुझाव हेर्नको लागि यो लिङकमा क्लिक गर्नुहोला ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us