अहिले विश्वासको मत पाएको नपाएको कुरा बेग्लै होला, अनि फेरी प्रतिस्पर्धा गर्न पाईँदैन र ? ः प्रधानन्यायाधीश

काठमाण्डु टुडे २०७८ असार ९ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, ९ असार– प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवासँगै प्रधानमन्त्रीमा दावी गर्नु उचित होकी होइन भन्नेबारे प्रश्न गरेका छन् ।

संवैधानिक इजलासमा बरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीलाई उनले सोधे–‘उहाँ (केपी ओली) धारा ७६ को उपधारा–३ को सरकार त हुनुहुन्छ नि, अहिले विश्वासको मत पाएको नपाएको कुरा बेग्लै होला, अनि फेरी प्रतिस्पर्धा गर्न पाईँदैन र ?’

केपी शर्मा ओलीले धारा ७६ को उपधारा–५ अनुसार प्रधानमन्त्री पदमा आफुलाई दाबी गरेका थिए । बरिष्ठ अधिवक्ता कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसरी दाबी गर्न नमिल्ने जवाफ दिएका छन् । कार्कीले भने–‘राजीनामा गर्नुपर्छ, त्यसरी भाँजो हालेर बस्न मिल्दैन । अब, ७६ (५)को अवस्थामा गैसकेको छ ।’

राष्ट्रपतिले एउटै मान्छेलाई पटक पटक नियुक्त गर्न नमिल्ने तर्क उनले गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us