दलित पत्रकारलाई कोठा नदिने घरबेटी पक्राउ

काठमाण्डु टुडे २०७८ असार ६ गते २०:३६ मा प्रकाशित

काठमाण्डु, ६ जेठ– दलित भएका कारण कोठा नदिएको आरोपमा काठमाण्डुबाट प्रहरीले घरबेटीलाई पक्राउ गरेको छ ।

दलित भएकै आधारमा कोठा नदिएको भन्दै काठमाण्डु बबरमहलकी सरस्वती महर्जनलाई पक्राउ गरिएको हो । महर्जनले रुपा सुनार नामकी युवतीलाई दलित भन्ने थाहा पाएपछि कोठा दिन अस्वीकार गरेकी थिइन् । रुपा पेशाले सञ्चारकर्मी हुन् ।

काठमाण्डु प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रुपाको जाहेरीका आधारमा महर्जनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जाानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us