मुख्यमन्त्री पोखरेललाई कुनै पनि हालतमा समर्थन गर्न सक्दैनौंः विपक्षी सांसद

काठमाण्डु टुडे २०७८ असार ४ गते १५:०३ मा प्रकाशित

कास्की, ४ असार– गण्डकी प्रदेशसभाका प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई कुनै पनि हालतमा समर्थन गर्न नसक्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन राखेको प्रस्ताव माथिको छलफलमा भाग लिदै एमालेका सांसद मनबहादुर गुरुङले जनमत परास्त गर्न बनेको प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

सांसद गुरुङले जनताले ५ वर्षका लागि कम्युनिष्टलाई सरकार चलाउन दिएपनि जनमत परास्त गर्न अपवित्र गठबन्धनमार्फत बनेको सरकारलाई विश्वासको मत दिन नसकिने बताएका हुन् । उनले सरकारले ल्याएको बजेट महत्वाकांक्षी र निरन्तरता दुबै नभई बकम्फुसे खालको भएको आरोप समेत लगाए । उनले यस्तो बजेटले जनआकांक्षा पूरा नगर्ने भएकाले विश्वासको मत दिन नसकिने तर्क गरे ।

सांसद थापाले अहिलेको सरकार खिचडी सरकार भएको बताउँदै बजेट नीति तथा कार्यक्रम सबै खिचडीको रुपमा आएको समेत आरोप लगाए । उनले यस्तो खिचडी सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिनै नसक्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us