नयाँ मुख्यमन्त्रीको मोबाइलमा निवर्तमान मुख्यमन्त्रीको फोन

काठमाण्डु टुडे २०७८ जेठ २९ गते १९:२१ मा प्रकाशित

पोखरा, २९ जेठ– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै टेलिफोन गरी गुरुङले पोखरेललाई बधाई दिएका हुन् । गुरुङले पोखरेललाई व्यक्तिगत रुपमा आफू र पार्टीका तर्फबाट बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएपछि बिहीबार स्वतः पदमुक्त भएका थिए । प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीका लागि २४ घण्टाको समय तोकेलगत्तै विपक्षी गठबन्धनले काँग्रेस संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री बनाउन ३१ सांसदको हस्ताक्षरसहित शुक्रबारै दाबी प्रस्तुत गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us