पाल्पामा किशोरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०७८ जेठ १ गते १६:५७ मा प्रकाशित

पाल्पा, १ जेठ– पाल्पामा १३ बर्षीया किशोरी बलात्कार आरोपमा दुई जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको तिनाउँ गाउँपालिका बस्ने १३ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा सोही स्थानका ४४ बर्षीय पूर्णचन्द्र बहादुर बस्नेत र ४३ बर्षीय चन्द्रबहादुर बिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार बैशाख ३० गते जबरजस्ती करणी गरेको जाहेरी आएकोले दुबै जना पुरुषलाई नियन्त्रणमा लिइएको हो । उनका अनुसार ती किशोरीकी आमा छैनन् ।

ती दुई जना पुरुषहरुले अलग अलग समयमा ती बालिकालाई बलात्कार गर्ने गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us