हामी ओलीलाई विश्वासको मत दिन सक्दैनौंः महन्थ–राजेन्द्र

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते १२:५२ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । आइतबार बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग विश्वासको मत दिन नसक्ने जानकारी गराएको महतोल बताए ।

आफूहरुको सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने ओलीलाई जनाकारी दिएको उनले बताए । ‘हाम्रो केही काम सम्बोधन गर्नुभएको छ । हामी तपाईंको विपक्षमा पनि उभिदैनौँ । तर हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौँ,’ महतो भने । आफूहरु तटस्थ बस्ने उनको भनाइ छ ।

सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत दिँदै छन् । जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले यतिबेला पार्टी एकता कायम राख्न तटस्थ बस्ने नीति अख्तियार गर्नुपर्ने पक्षमा उभिएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा उभिएका बेला उनीहरुले बीचको बाटोमा जानुपर्ने बताइरहेका छन् ।

आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर पनि उनीहरुले विश्वासको मतको पक्षमा विपक्षीमा आफू नउभिने बताएका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us