माधव नेपालसँग बादलको तुलना हुन सक्दैनः पोखरेल

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते १३:०६ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव नेपालको तुलनामा गृहमन्त्री समेत रहेका ओली समूहका नेता रामबहादुर थापा बादलसँग हुन नसक्ने बताएका छन् ।

पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बादलको तुलना माधव नेपालसँग हुन नसक्ने बताएका हुन् । यस्तै बादलको तुलना डा. खिमलाल देवकोटासँग हुन नसक्ने पोखरेलको भनाइ छ । बादल र देवकोटा दुवैले ६ जेठमा हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवार दर्ता गराएका छन् ।

संघीयताविद देवकोटाले काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र यादव समूहको सहर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । पोखरेलले राष्ट्रियसभकाका लागि देवकोटाभन्दा बादल आवश्यक रहेको तर्क गरेका छन् ।

‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौ, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन’, पोखरेलले लेखेका छन्, ‘मनन् गरौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us