सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता

काठमाण्डु टुडे २०७८ वैशाख २२ गते १२:२० मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने निर्णय गरेको थियो । २०७५ जेष्ठमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) वीच एकीकरण गरी एउटै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दल बनेको थियो । प्रधानमन्धत्री पदमा केपी शर्मा ओली नै निरन्तर कायम भएका थिए ।

सोही क्रममा २०७७ फागुन २३ गते सर्वाेच्च अदालतले पार्टी एकतालाई भङ्ग गरी एकता पूर्वको साविककै दलहरुमा कायम गरेको थियो । नेपाल कम्युष्टि पार्टी (नेकपा) एकीकरण रहेकै अवस्थामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी असंवैधानिक कदम चालेको र असंवैधानिक अलोकतान्त्रिक एंव जनविरोधी क्रियाकलाहरुको दृढतापूर्वक विरोध गर्दै आएको थियो । त्यसप्रकारको गतिविधीप्रति असहमति जनाउँदै केही मन्त्रीहरुले राजिनामा समेत दिएका थिए ।

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले तत्काल राजिनामा गरी नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न अनुरोध गरेको थियो, तर प्रधानमन्त्री ओलीले राजिनमा दिएका थिएनन् । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us