काठमाडौंका विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला

काठमाण्डु टुडे २०७८ वैशाख २१ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख–  काठमाडौंका विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । काठमाडौंको थापाथलीमा महोत्तरी घर भएका ५९ वर्षीय सीताराम महरा मृतावस्थामा फेला परेका छन् ।
यसैगरी मनाङको नासों गाउँपालिका–५ थोचेस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको पाटन नगरपालिका–६ मालिकाखांनस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष पनि सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us