सांसद कुटेर शंकर पोखरेलले लिए मुख्यमन्त्रीको सपथ

काठमाण्डु टुडे २०७८ वैशाख १९ गते २१:०५ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत सांसदहरुको विरोध र नाराबाजीबीच पुनः पद तथा गोपनियताको सपथ लिएका छन् ।

बहुमत सांसदको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्तावबारे प्रक्रिया अघि बढाउन संसद बैठक बस्ने दिन आइतबार बिहान पोखरेलले राजीनामा दिएका थिए । तर, दिउँसो प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अल्पमतमा परिसकेका पोखरेलको पुनः नियुक्ति असंवैधानिक भन्दै बहुमत अर्थात ४२ सांसदले लिखित रुपमा विरोध जनाए पनि प्रदेश प्रमुख यादवले ३७ सांसदको समर्थन प्राप्त पोखरेललाई मुख्यमन्त्रीको सपथ गराएरै छाडे ।

यसअघि माओवादी समेतको समर्थनमा संविधानको धारा १६८ (२) अन्तर्गत गठबन्धनको मुख्ममन्त्री नियुक्त भएका पोखरेललाई धारा १६८ (१) अन्तर्गत एमालेका तर्फबाट बहुमतको मुख्यन्त्री नियुक्त गरिएको दाबी प्रदेश प्रमुखले गरेका छन् । माओवादी, काँग्रेस र जनमोर्चाले कुलप्रसाद केसीलार्इी केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका थिए । तर, अल्पमतका पोखरेललाई मुख्यमन्त्री नियुक्तिको तयारी भएपछि बहुमत सांसदले प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिएका थिए ।

विरोधमा उत्रिएका सांसदहरुमाथि धरपकड गरी मुख्यमन्त्रीको सपथ गराइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us