कैलालीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख १० गते १०:४३ मा प्रकाशित

कैलाली, १० बैशाख– कैलालीको टीकापुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर नगरपालिका १ बस्ने बर्ष ७० का एक पुरुष हुन् ।

नेपालगन्जको कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गरिरहेका उनलाई मंगलबार कोरोना परिक्षण गर्दा बुधबार पुष्टि भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बल बहादुर रावलले जानकारी दिए ।

कोरोना पुष्टि भएपछि कोरोना वार्डमा उपचार गराइरहेका उनको बिहिबार मृत्यु भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us