अध्यक्ष ओलीलाई माधव नेपालको स्पष्टीकरण

काठमाण्डु टुडे २०७८ वैशाख ९ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, ९ बैशाख– नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले नयाँ पार्टी खोलेको भन्नु आपत्तिजनक भएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता नेपालले आफूले पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमवलीविरुद्ध भएका कामकारबाही सच्याउन मात्र माग गरेका बताएका छन् ।

उनले अघि लेखेका छन्, ‘मैले उठाएको आवाजलाई तपाईंले ‘आपराधिक’ देख्नु आफैंमा पार्टीविरुद्ध आपराधिक’ चिन्तन होइन र ? पार्टीको इतिहास, सिद्धान्त, कार्यक्रम, नीति र विधिको रक्षार्थ तपाईले फागुन २८ गते गर्नुभएको पार्टी विधान विपरितको निर्णय रद्द गर्ने माग गर्दा ‘अलग पार्टी खोलेको’ भन्नु आपत्तिजनक एवं हास्यास्पद छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us