प्रधानमन्त्री ओली भेट्न योगेश भट्टराई बालुवाटारमा

काठमाण्डु टुडे २०७८ वैशाख ८ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– एमाले नेता योगेश भट्टराई प्रधानमन्त्री केपी ओली भेट्न बालुवाटार पुगेका छन् ।

माधव नेपाल पक्षका २७ सांसदमाथि कारबाहीको तयारी स्वरुप स्पष्टीकरण सोकिएको एक दिनपछि भट्टराई बुधबार दिउँसो ओली भेट्न बालुवाटार पुगेका थिए । स्पष्टीकरण सोधिएकामा भट्टराईको नाम छैन ।

श्रोतका अनुसार भट्टराईले मुलुकको प्रधानमन्त्री र पार्टी अध्यक्षका हैसियतले पार्टी एताको पहल गर्न ओलीलाई सुझाएका छन् । ओलीले भने आफ्नो समूहमा आउन भट्टराईलाई आग्रह गरेका थिए ।

जवाफमा भट्टराईले आफू एमालेमै रहेको र पार्टी एकता बचाउन प्रयास गरिहेको भन्दै अमुक व्यक्ति यताउता गर्ने भन्दै सिंगो एमालेको एकता जोगाउनेतर्फ सोच्नुपर्ने बताएका थिए । ओलीले केही समयअघि सार्वजनिक रुपमै भट्टराईलाई ‘केटो’ को संज्ञा दिँदै मन्त्री बनाएपछि फुक्क लात्तीले हानेर हिंडेको टिप्पणी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us