उपनिर्वाचन गराउने प्रधानमन्त्रीको घोषणा

काठमाण्डु टुडे २०७८ वैशाख ४ गते १४:२७ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचन गराउने बताएका छन् ।

शनिबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा ओलीले उपनिर्वाचनको विषय उठाएका हुन् । बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ओलीेले उपनिर्वाचनको प्रस्ताव राखेको जानकारी दिए ।

‘संघ, प्रदेश र स्थानीय तहमा रिक्त स्थानमा निर्वाचन गराउने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभयो’, लोहनीले भने । ओलीले कोरोना महामारी नियन्त्रण, संसदीय प्रक्रिया लगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us