वीरगञ्जमा एकजना हुण्डी कारोवारी पक्राउ

काठमाण्डु टुडे २०७८ वैशाख १ गते ११:३८ मा प्रकाशित

पर्सा, १ बैशाख– पर्साको वीरगञ्जबाट एकजना हुण्डी कारोवारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका–३ छप्कैया घर भएका ४८ वर्षीय श्रीभगवान प्रसाद कलवार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बीरगञ्ज महानगरपालिका–६ स्थित बाबा होटल नजिकबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनको साथबाट ८ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ ।

साइकलमा सवार कलवारले प्लाष्टिकको झोलामा लुकाएर सो रकम बोकेका थिए । कलवारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us