अब कालीमाटी तरकारी बजारमा किसानको आफ्नै स्टल
काठमाण्डु टुडे
२०७७ चैत २० गते ८:०७ मा प्रकाशित
काठमाण्डु, २० चैत–कालीमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी नौलो होइन । बिचौलियाकै कारण किसानले मूल्य नपाउने र उपभोक्ताले महँगोमा तरकारी किन्नु परिरहेको छ ।
![]()
![]()
उपभोक्ता र किसानबीचको यही दूरी घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा ल्याएको छ । स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् ।
जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताए । ‘ १२ होल्डिङ यार्ड राखेका छौं, जहाँ किसानले आफ्नो उत्पादन राख्न सक्छन्,’ उनले भने, ‘यसले सिधै उपभोक्तालाई फाइदा हुन्छ, मूल्य नियन्त्रणमा सहयोग गर्छ ।’
![]()
सिधै व्यापारीले खरिद गर्ने हुँदा किसानको बारीदेखि तरकारी बजारसम्म आइपुग्दा हुने तह पनि घट्छ । ‘तह घट्दा मूल्य पनि घट्छ,’ उनले भने, ‘सरकारलाई बजार मूल्य विश्लेषणमा पनि केही सजिलो हुन्छ ।’ कान्तिपुर दैनिकबाट