सिफारिसलाई परिवर्तन गर्ने शिक्षामन्त्रीले पटक–पटक दबाब दिएको काँग्रेसको दाबी

काठमाण्डु टुडे २०७७ चैत ९ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, ९ चैत– शिक्षामन्त्रीले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसलाई परिवर्तन गर्न समितिका अध्यक्ष तथा सदस्यलाई पटक–पटक दबाब दिएको भन्दै नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

काँग्रेस शिक्षा विभागका सचिव डा।कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई निःशर्त टुंगोमा पुर्याउन माग गरे । त्रिभुवन विश्वोविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनोट समितिले गरेको उक्त सिफारिसलाई परिवर्तन गर्ने शिक्षामन्त्रीले पटक–पटक दबाब दिएको काँग्रेसको दाबी छ ।

यसअघि शिक्षक सेवा आयोग ९नवौ संशोधन० नियमावली, २०७१ अनुसार आयोगका पदाधिकारीको सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वाविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनौट समितिले २०७७ कार्तिक २२ गते आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी, सदस्यतामा डा।डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us