काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाण्डु टुडे २०७७ चैत ९ गते १६:३८ मा प्रकाशित

काठमाण्डु, ९ चैत– नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरु पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न लागिएको हो । मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै केन्द्रमा छलफल हुन लागेको हो ।

आजको बैठकले समसामयिक विषयमा छलफलका लागि केन्द्रीय कमिटी बैठकको माग गर्ने बुझिएको छ । क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us