
काठमाण्डु, ८ चैत– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि कोरोना भाइरस (कोभिड–१९) महामारी फैलन सक्ने चेतावनी दिएको छ ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा माहामारी फैलिएकाले नेपालमा पनि त्यसको असर पर्न सक्ने भन्दै सचेत गराएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, -याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक तथा भीडभाड हुने व्यवसाय नगर्न भनिएको छ ।
सामाजिक/भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य र उचित प्रयोग गर्न, तथा सावुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोगलगायत मन्त्रालयबाट विगतमा जारी गरिएका जनस्वास्थ्य मापदण्ड पालना गरी कोभिड–१९ संक्रमण रोकथाममा सहयोग गर्न सम्वद्ध सबैमा अनुरोध गरिएको छ ।