लागुऔषधसहित ५ जना पक्राउ

काठमाण्डु टुडे २०७७ चैत ८ गते १२:३२ मा प्रकाशित

कन्चनपुर, ८ चैत– कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्।

बेदकोट नगरपालिका १० दैजी बजारबाट शनिबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बेदकोट १० बस्ने २२ वर्षीय सुनिल साहु, २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, २० वर्षीय उमेश डंगौरा र २० वर्षीय सुरज राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। उनीहरुको साथबाट लागुऔषध चरेश १ दशमलव।२४ ग्राम, ब्राउन सुगर, ८ दशमलव ४५ ग्राम बरामद गरेको छ।

बिक्री वितरणको लागि पोका बनाउने क्रममा उनिहरुलाई पक्राउ गरिएको डिएसी थापाले बताए। उनीहरुमाथि आवश्यक कारवाहिका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us