सरकारी एमालेले नयाँ पार्टी कार्यालय बनाउने

काठमाण्डु टुडे २०७७ चैत ७ गते २२:०९ मा प्रकाशित

काठमाण्डु, ७ चैत– सत्तारुढ एमालेको केपी ओली समूहले नयाँ पार्टी कार्यालय बनाउने भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले बल्खुमा पार्टी कार्यालय निर्माण गर्ने निर्णय गरेको हो । निर्णयमा आगामी वैशाख ९ मा अध्यउक्ष केपी ओलीले पार्टी कार्यालय शिलान्यास गर्ने उल्लेख छ । ०७२ को भूकम्पले भत्किएको पार्टी कार्यालय अझै बनेको छैन ।

एमाले कार्यालय हाल धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा छ । यस्तै ओली समूहले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा केन्द्रीय सचिवालय व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us