
मनाङ, ७ चैत– मर्स्याङ्दी नदीमा ट्रक खस्दा उकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
ध१ख ५९२ नम्बरको ट्रक मनाङको नासो गाउँपालिका(३ खोत्रोबाट नदीमा खस्दा ३५ वर्षीया मनिषा गुरूङ, ३६ वर्षीया लालकाशी गुरूङ र अन्दाजी ७ वर्षीय थिउन गुरूङको मृत्यु भएको हो । मृत्यु हुनेमा मनिषा र थिउन आमाछोरा हुन् भने लालकाशी बहिनी हुन् । मृतकहरुको ठेगाना नासो गाउँपालिका–४ ओडार हरेको प्रहरीले जनाएको छ ।
सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेका लागि हिंडेको ट्रक शनिबार दिउँसो करिब साढे ३ बजेतिर उकालो चढ्ने क्रममा पछाडि हटेर सडकबाट १ सय ५० मिटर तल नदीमा खसेको मनाङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्काले जवानकारी दिए । दुर्घटनामा अरु पाँच जना घाइते भएका छन् ।