माधव समूह छाडेका सांसदले ओलीका अगाडि हात जोडेर भनेः गल्ती भएको भए माफी चाहन्छु

काठमाण्डु टुडे २०७७ चैत ७ गते १५:०३ मा प्रकाशित

काठमाण्डु, ७ चैत– एमाले सांसद् कृष्णभक्त पोखरेलले माधव नेपाल समूहमा लागेर आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् ।

ओली समूहको प्रधानमन्त्री निवास बालुवााटरमा शनिबार बसेको संसदीय दल बैठकमा सहभागी पोखरेलले प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी ओलीसहित बैठकमा सहभागी अरुसँग हात जोडेर माफी मागे । आफू अब कुनै समूह वा गुटमा नलागी मुलधारको पार्टीमा समाहित भएको पोखरेलको भनाइ थियो ।

‘छुट्टै पार्टी वा संसदीय दल बैठक बस्ने कुरामा मेरो सहमति रहन सकेन, त्यसैले म मूलधारको एमालेमा सहमाहित भएँ’, पोखरेलले भने, ‘यो बीचमा मबाट केही गल्ती भएको भए माफी चाहन्छु ।’

आफू प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली अभियान’ लाई साथ दिन मुलधारमा समाहित हुन आएको भन्दै पाँच वर्ष यही सरकार चल्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us