काँग्रेस प्रवक्ता भन्छन्ः सरकारमा जान हतार छैन

काठमाण्डु टुडे २०७७ चैत ५ गते १७:४९ मा प्रकाशित

काठमाण्डु, ५ चैत– नेपाली काँग्रेसले सरकारको नेतृत्व लिने समय नआएको बताएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसलाई सरकारमा जान हतार नभएको बताए । शर्माले सरकार गठबनका लागि आवश्यक बहुमत पुग्ने अवस्था देखिए मात्र सरकारमा सहभागिताबारे पार्टीले सोच्ने उनको भनाइ थियो ।

प्रतिनिधिसभा निर्वाचनमा नेकपाले पाएको जनमत खण्डित भइसकेकाले सरकारमा नेतृत्व गर्ने अनुकुल अवस्था आए सोच्न सकिने शर्माले बताए । उनले बहुमत पुग्ने अवस्था नदेखिँदासम्म भने काँग्रेस दौरासुरुवालमा आइरन गर्न नहतारिने टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us