
काठमाण्डु, २ चैत– राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार (चैत ९) २ दिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।
काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।
अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी अधिकारीले बताए ।