माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाण्डु टुडे २०७७ फागुन २८ गते १८:४१ मा प्रकाशित

काठमाण्डु, २८ फागुन– एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएका छन् ।

ओलीले खोसे माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारीबाट हटाएपछि आकस्मिक बैठक बस्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल–नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो । बैठक बानेश्वर स्थित अर्याल होटलमा बस्दै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us