विनय र नम्रता फेरि फिल्ममा

काठमाण्डु टुडे २०७७ फागुन २६ गते १६:५९ मा प्रकाशित

1140x725काठमाण्डु , २६ फागुन– नायक विनय श्रेष्ठ र नायिका नम्रता श्रेष्ठ पुनः एकैसाथ पर्दामा देखिने भएका छन्।
चर्चित फिल्म ‘सानो संसार’मा एकैसाथ काम गरेको यो जोडी फेरी पनि सँगै काम गर्न लागेका हुन्।

फिल्मको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। फिल्मलाई राजीव गुरुङले निर्देशन गर्ने भनिएको छ। फिल्मको ५० प्रतिशत छायांकन सिक्किममा हुने र बाँकी नेपालमा हुने बताइएको छ।

नम्रताले ‘जायरा’ मा काम गरेपछि अरु फिल्म खेलेकी छैनन्। तर ‘प्रसाद २’ मा भने उनी पक्का भइसकेकी छन्। त्यस्तै नायक विनयले पनि ‘रोमियो एन्ड मुना’ पछि नयाँ फिल्म खेलेका छैनन्। यो फिल्मपछि नयाँ काम अब नम्रतासँगको नै हुनेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us