माओवादी केन्द्रमा फर्किने सम्भावना छैन : लेखराज भट्ट

काठमाण्डु टुडे २०७७ फागुन २६ गते १५:१२ मा प्रकाशित

Govt. Working by Being Accountable, Minister Bhatta Says - NepalBahasकाठमाण्डु, २६ फागुन– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताए । पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी छलफलमा छौं, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौं ।

समर्थन फिर्ता लियो भनेपनि पार्टी ९माओवादी केन्द्रमा० मा फर्किने सम्भावना मैले देख्दिन ।’ २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा भट्ट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि हाल सरकारमा रहेका माअ‍ोवादी केन्द्रका नेताहरु के गर्छन् भन्ने चासो छ ।

सांसद पद गए पनि एमाले नछोड्ने रु भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘पुरानो पार्टीमा नफर्किँदा सांसद पद जाने÷नजाने बारेमा छलफल गर्दैछौं । के हुन्छ रु सोचेर निष्कर्ष निकाल्छौं ।’ आफूहरु एकता पक्षधर रहेको भन्दै उनले फेरि पनि एमाले र माओवादीबीच एकताको सम्भावनाका बारेमा समेत छलफल भइरहेको बताए । ‘हिजो एकता भएको हो ।

हामी एकतामा केपी कित्तामा लागेको हो । हामीले हिजोको विचार, हिजोको एकता, हिजोको नेतृत्व, विचारको नेतत्व गर्नुपर्छ भनेर त्यता उभिएका थियौं । अहिले नयाँ परिस्थिति सिर्जना भएको छ । नयाँ परिस्थितिमा हामी कसरी जाने भन्ने बारेमा गृहकार्य भइरहेको छ,’ भट्टले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us