
काठमाण्डु,२३ फागुन– नेपालमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
४ हजार १ सय ११ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २१ महिला र ४५ पुरुष छन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हालसम्म संक्रमितको संख्या कूल २ लाख ७४ हजार ७२ सय १ पुगेको छ ।
हालसम्म १ लाख ७० हजार ८ सय ८६ जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट ३ हजार १० जनाको ज्यान गएको छ । यसैबीच कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।