नेपाली राजनीतिमा नयाँ ट्वीस्ट: अलदालतले ब्युँताइदियो एमाले र माओवादी

काठमाण्डु टुडे २०७७ फागुन २३ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, २३ फागुन– सर्वोच्च अदालतले तत्कालीन एमाले र एकीकृत माओवादी ब्युँतिने गरी फैसला सुनाएको छ ।

ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आधिकारिकता प्रदान गर्ने आदेशसँगै सर्वोच्चले एमाले र एमाओवादी एकतापूर्वकै अवस्थामा रहेको निार्णय सुनाएको हो । सर्वोच्चले नयाँ दल दर्ता गर्ने भए निर्वाचन आयोग ऐन अनुसार प्रक्रिया अघि बढाउन भनेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आधिकारिक नेकपाको कट्टेलको हुने फैसला गरेको हो । फैसलामा तत्कालीन एमाले र  माओवादी केन्द्रबीच २०७५ साल जेठ ३ मा एकीकरण भएपछि केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय असंवैधानिक भएको उल्लेख गरिएको छ । फैसलाअनुसार ओली र प्रचण्ड अध्यक्ष रहेकोे नेकपा स्वतः खारेज भएको छ ।

‘निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपश्चात साबिकमा निर्वाचन आयोगका राजनीतिक दलका रुपमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा रहने हुँदा अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियमविपरीत नहुने गरी निर्णय गरी अबिलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्यका निर्वाचन आयोगका नाममा परमादेशसमेत जारी गरिदिएको छ’, फैसलामा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us