
काठमाण्डु, २३ फागुन– संसद बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
अधिवेशन सुरु हुँदा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताले सम्बोधन गर्ने परम्परा छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्णडरीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
तर, सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहरसहित १३ दिनभित्र संसद बैठक बोलाउन सरकारका नाममा परमादेश जारी गरेको थियो ।