म प्रधानमन्त्रीबाट हट्दिन, कसैले हटाउनै सक्दैनः ओली

काठमाण्डु टुडे २०७७ फागुन १८ गते १७:५७ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– प्रधानमन्त्री केपी ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन् ।

ओलीले आफ्नोविरुद्ध बहुमत सिद्ध गरे हाँसेर पद छाड्न तयार रहेको उल्लेख गरे । अविश्वास प्रस्तावमार्फत हटाइए हुने निर्वाचनमा दुई तिहाई ल्याएर सिंहदरबार छिर्ने दाबी ओलीको थियो ।

‘कसैले प्रधानन्त्रीबाट हटाउन सक्छ भने खुसीसाथ हट्छु’, गृह जिल्ला झापामा मंगलबार पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्दै ओलीले भने, ‘दुई वर्षपछि निर्वाचनबाट दुई तिहाई ल्याएर सिंहदरबार फर्किन्छु ।’ यद्यपि ओलीले आफूलाई हटाउन असम्भव रहेको जिकिर गरे ।

प्रतिनिधिसभा पुनर्गठन भएर केही नबिग्रिएको दाबी ओलीले गरे । ‘म यसबारेमा थप केही बोल्दिन, सर्वोच्चको फैसलाको परीक्षण होला’, ओलीले भने, ‘प्रतिनिधिसभा ब्युँतिएर के भयो त ?’ ओलीले आफू केही माग्नुपर्ने अवस्था आए फेरि जनतामा जाने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us