
काठमाण्डु, १७ फागुन– नेकपा प्रचण्ड–नेपाल समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ ।
रौतहटको चपुरमा भट्टराई सवार ज१झ ४२७ नम्बरको गाडीले गएराति साइकलमा सवार स्थानीय ५५ वर्षीय इन्द्रपसाद घिमिरे घाइते भएका हुन । भट्टराई पार्टी सम्वद्ध पत्रकारहरुको संस्था प्रेस संगठनको प्रदेश–२ भेलामा सहभागी भएर हेटौंडातर्फ जाँदै गर्दा घटना भएको हो ।
घाइतेलाई उपचारका लागि काठमाण्डु पठाइएको छ । भट्टराईले घाइते घिमिरेलाई आफैंले अस्पताल पठाएका हुन् । रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले घाइतेको उपचार भट्टराईले नै गर्ने भएका छन् ।
‘माननीयज्यू आफैंले उद्धार गरेर घाइतेलाई काठमाण्डु पठाउनुभएको हो’, शाहले भने, ‘उपचार खर्च पनि आफैं गर्छु भन्नुभएको छ ।’ तर, ठक्कर दिने गाडी र चालक धरमदास महतो प्रहरी नियन्त्रणमा छन् ।