
कैलाली, १५ फागुन– कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् ।
प्रहरीले स्थानीय ३५ वर्षीय शिवचरण राना गाउँमै मृत फेला परेको जनाएको छ । मृतकको टाउकोमा गहिरो चोट छ । घटना रहस्य भए भएकाले छानबिन थालिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।