लुम्बिनीका मुख्यमन्त्री एवं ओली समूहका नेता पोखरेलद्वारा सर्वोच्चमाथि गम्भीर आरोप, हिम्मत नहाने चेतावनी

काठमाण्डु टुडे २०७७ फागुन ११ गते २३:११ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा ओली समूहका नेता शंकर पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला गरेकामा आपत्ति जनाएका छन् ।

पोखरेलले अदालतको फैसलाले मुलुकलाई अस्थिरतातिर लाने दाबी गरेका छन् । पोखरेलले सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्री केपी ओलीको कदमको औचित्य पलपल पुष्टि हुने जिकिर गरे । पोखरेलले आफ्नो समूहलाई हिम्मत र धैर्यका साथ अघि बढ्न अपिल गरेका छन् । हिम्मत गर्ने भन्नुको पोखरेलको अर्थ अदालतको फैसला नमान्ने र थप कदम चाल्नेतर्फ अग्रसर हुनुपर्छ भन्ने बुझिन्छ ।

‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ’,पोखरेलले ट्विटमा भनेका छन्, ‘ हिम्मत र धैर्यका साथ अघि बढौं ।’ सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको थियो । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us