
सिरहा, ११ फागुन– सिरहामा गएराति भएको बस दुर्घटनामा १३ जना घाइते भएका छन् ।
लहानबाट ढल्केबरतिर आइरहेको ना ५ ख ८९८ नम्बरको बस बिग्रिएर कर्जन्हा नगरपालिका–४ बस्तिपुरस्थित सडकमा रोकिराखेको ना६ख १११० नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको स्थानीय ्फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घटनापछि ट्रक चालक फरार छन् ।