संसद विघटनको अन्तिम फैसला सुनाएर अमेरिका जाँदैछन् प्रधानन्यायाधीश

काठमाण्डु टुडे २०७७ फागुन ११ गते ९:०३ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन मुद्दामा आज पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज हेर्दाहेर्दैमा पेसी तोकेका हुन् । पक्ष र विपक्षका कानून व्यवसायी तथा अदालतले सहयोगीका रुपमा झिकाएका एमिकस क्युरीको बहस सकिएपछि प्रधानन्यायाधीश जबराले दुवै पक्षलाई बहस नोट बुझाउन आइतबारसम्मको समयसीमा तोकेका थिए ।

बहस नोट प्राप्त भएपछि जबराले आजै अन्तिम फैसला गर्ने मनस्थिति बनाए पनि संवैधानिक इजलासमा रहेका अन्य न्यायाधीशले एकपटक बहस नोट अध्ययन गर्नुपर्ने राय दिएपछि प्रधानन्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् । प्रधानन्यायाधीशले पछिल्लो संवैधानिक इजलासमा १२ गतेसम्म फैसला आउने बताएका थिए । दुवै पक्षले आफ्नो अनुकुल फैसला गर्न दबाब बढाएपछि जबरा चाँडो फैसला गर्ने मनस्थितिमा पुगेका हुन् ।

पाँच सदस्यीय संवैधानिक इजलासमा न्यायाधीशहरूबीच राय बाझिए बहुमत न्यायाधीशहरूको रायअनुसार निर्णय हुन्छ । यदि प्रधानन्यायाधीशले आफू अल्पतमा पर्ने अवस्था आए अल्पमतको राय नलेख्ने बताइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us