संसद पुर्नस्थापना हुने सूचना बालुवाटार पुग्यो, अनि ओली आत्तिए

काठमाण्डु टुडे २०७७ फागुन ९ गते १९:२४ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सूचना पाएपछि प्रधानमन्त्री केपी ओली आत्तिएको बताएका छन् ।

प्रेस युनियन सप्तरीले आइतबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा पौडेलले अदालले फैसला गर्ने दिन नजिकिँदै गर्दै ओली आत्तिन थालेको बताए । पौडेलले असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन अदालतले अस्वीकार गर्ने विश्वास व्यक्त गरे । ‘केपी ओलीले अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्दैछ भन्ने सूचना पाइसकेका छन्’, पौडेलले भने, ‘आफ्नो असंवैधानिक कदम असंवैधानिक ठहर हुने भएपछि अत्तालिएका छन् ।’

पौडेलले प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले मेरो पक्षमा फैसला नगरे आन्दोलन गर्छु भनेर न्यायालय र न्यायाधीशहरुलाई धम्की दिएको बताए । आन्दोलन गर्ने भए प्रधानमन्त्रीको कुर्सी छाड्न पौडेलले आग्रह गरे ।

नेकपाको ओली समूहले शनिबार विराटनगरमा गरेको सभालाई सम्बोधन गर्दै ओलीले सेटिङमा प्रतिनिधिसभा पुर्नस्थापना भए आन्दोलन गर्ने धम्की दिएका थिए ।

‘प्रधानन्त्रीको कुर्सीमा बसेर आन्दोलनको धम्की दिने ?’, पौडेलले भने, ‘आन्दोलन गर्ने भए प्रधानन्त्रीको कुर्सी छाड्नुस् ।’ पौडेलले अदालतले कसैको सेटिङका आधारमा नभई संविधानमा टेकेर फैसला गर्ने बताए ।

ओलीले संविधान केही होइन, संसद विकटन राजनीतिक निर्णय भएकाले सदर गर भन्ने धम्की दिइरहेको भन्दै धम्की दिन थालेको पौडेलको टिप्पणी थियो । केही दिनभित्रै प्रतिनिधिसभा पुर्नस्र्थापना हुने र ओलीको दिन सकिने पौडेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us