
काठमाण्डु, ७ फागुन– साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि फक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको (साबिक बेताली गाविस–६) हाल गोकुलगंगा गाउँपालिका (काफ्लेटोल) घर भर्इ ललितपुरको कुमारीपाटी बस्ने ५४ वर्षीय भिमे सार्की छन् । सार्कीले २०७१ साल चैत ९ गते तुलसीपुर नगरपालिका–१० दाङ घर भई काठमाण्डु महानगरपालिका–१० थापागाउँ बस्ने ४८ वर्षीय द्रोणबहादुर सेनको हत्या गरेका थिए ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाण्डुको टोलीले पक्राउ गरेको हो । हत्यापछि भिमे भारततर्फ फरार भएका थिए । भारतबाट फर्किएर काठमाण्डुमा लुकिछिपी बस्दै आएका उनलाई बुधबार काठमाण्डुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सार्कीले आफूले हत्या गरेको स्वीकार गरेका छन् ।
सार्कीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको महाशाखाले जनाएको छ ।