
काठमाण्डु, ४ फागुन– विश्वको १ सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिएको आरोपमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ ।
सपनाको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डुले बस्नेतलाई मंगलबार गोंगबुबाट पक्राउ गरेको हो । बस्नेत पनि सपनाले जस्तै बेवारिसे शव जलाउने काम गर्दै आएका छन् ।
सपनाले बस्नेतले आफूविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाउँदै आइतबार काठमाण्डु प्रहरीमा बस्नेतविरुद्ध लिखित उजुरी दिएकी थिइन् । उनीहरु यसअघि एकअर्कालाई बाबुछोरी मान्दै आएका थिए ।