
sf7df8f}F, ^ h]7 M k|wfgdGqL s]kL zdf{ cf]nL ;ª3Lo ;+;b, k|ltlglw;efsf] dªunaf/sf] a}7sdf ;/sf/sf] gLlt tyf sfo{qmddfly p7fOPsf k|Zgx?sf] hjfkm lbg’x’Fb} . t:jL/ M /Tg >]i7÷/f;;
बुटवल, १ फागुन– प्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता केपी ओलीले सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गरे मुलुक रानजीतिक अस्थिरतामा फस्ने बताएका छन् ।
शनिबार बुटवलमा आफ्नो समूहको शक्ति प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले अदालतले संसद पुर्नस्थापना गरेर देशलाई अस्थिरतामार्फ लैजानेमा आफूलाई विश्वास नरहेको बताए ।
विधाराधीन संसद विघटनविरुद्धको मुद्दाबारे बोलेको भन्दै सर्वोच्चले लिखिति जवाफसहित सात दिनभित्र उपस्थित हुन आदेश दिए पनि ओलीले अटेरी गर्दै आएका छन् ।
तर, उनले फेरि विचाराधीन मुद्दाबारे अभिव्यक्ति दिएका छन् । ओलीले संसदले कामै गर्न नसक्ने अवस्था आएपछि आफ्नो विशेषाधिकार प्रयोग गरी संसद विकटन गरेको जिकिर गरे । उनले आफू संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको प्रधानमन्त्री रहेको दाबी गर्दै धारा ७६ (७) अनुसार विघटन गरेको बताए ।
संसद पुर्नस्थापना भए कुनै पनि दलले बहुमत पु¥याउने नसक्ने र मुलुक राजनीतिक अस्थिरतामा फस्ने दाबी ओलीको थियो । ओलीले जनमत आफ्नो पक्षमा रहेको दाबी गरे । निर्वाचनमा आफ्नो दलले प्रत्यक्षमा बहुमत र समानुपातिकमा ५० लाख भोट ल्याउने जिकिर उनले गरे ।