बानेश्वरमा प्रहरीको गाडीमाथि ढुंगामुढा

काठमाण्डु टुडे २०७७ माघ २९ गते १९:४६ मा प्रकाशित

काठमाण्डु, २९ माघ– प्रहरी र रामकुमारी झाँक्री पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ताबीच काठमाण्डुमा झडप भएको छ ।

बिहीबार साँझ प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमाथि समेत ढुंगामुढा गरेका छन् ।

ढुंगा लागेर प्रहरीको एउटा भ्यानमा क्षति पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको नाम प्रधानमन्त्री केपी ओलीसँग जोडेर अशोभनीय अभिव्यक्ति दिएको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार बिहान बानेश्वरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

चौतर्फी दबाबका कारण सरकारले झाँक्रीलाई बिहीबार साँझ रिहा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us