
काठमाण्डु, २३ माघ– सर्वोच्च अदालतले नेपाल प्रहरीका डिएसपी कुमोद ढुंगेलको मुद्दामा यसअघि जिल्ला अदालत काठमाण्डुकै फैसला सदर गरेको छ ।
उच्च अदालतले जिल्ला अदालत काठमाण्डुको फैसला उल्ट्याउँदै ढुंगेललाई एक लाख रुपैयाँ धरौटीमा छाड््न आदेश दिएको थियो । तर, सरकारी वकिलले त्यसविरुद्ध पुनरावेदनको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको संयुक्त इजलासले उच्च अदालत ललितपुरको एक लाख धरौटीमा छाड्ने आदेश उल्ट्याउँदै साधारण तारेखमा छाड्न आदेश दिएको हो । अपराध अनुसन्धानमा पारङगत मानिने ढुंगेलविरुद्ध लैनचौरस्थित लोकेन्द्र शेरचनको घर लुटपाटमा संलग्न विक्रम श्रेष्ठसँग साँठगाँठ रहेको आरोप छ ।
ढुंगेलले भने अपराध अनुसन्धानका सिलसिलामा श्रेष्ठसँग चिनजान भएको बयान दिएका छन् । प्रहरी अनुसन्धानका क्रममा अपराधीसँग सम्पर्क हुनु सामान्य भएको तर्क ढुंगेलको छ ।