

धनुषा, १९ माघ– प्रधानमन्त्री केपी ओलीले तोकिएकै मिति २०७७ वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन हुने दाबी गरेका छन् ।
ढल्केबरमा सोमबार विद्युत शवस्टेशन उदघाटन गर्ने ओलीले तोकिएको मितिभन्दा एक दिन पनि चुनाव पछि नसर्ने जिकिर गरे । ओलीले प्रदेश–२ मा पहिलो चरण १७ वैशाखमै निर्वाचन हुने बताए । ओलीले मतदातालाई भोट हाल्न तयार भएर बस्न पनि भने ।
तपाईंहरु भोट हाल्न तयार भएर बस्नुस्’, ओलीले भने, ‘चुनाव तोकिएको मितिभन्दा एक दिन पनि पर सर्दैन ।’ ओलीले प्रचण्ड–नेपाल समूह चुनावबाट डराएको आरोप लगाए । चुनावबाट तर्सिएर उक्त समूहले निर्वाचन आयोगलाई चुनाव नगराउन दबाब दिएको ओलीको टिप्पणी थियो ।
निर्वाचन आयोगको संरचना नै निर्वाचन गराउनका लागि भएकाले निर्वाचन नगराउने भन्ने प्रश्नै नहुने उनको भनाइ थियो । तर, संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दा, नेकपाको आधिकारिकता विवाद जस्ता कारणले वैशाखमा निर्वाचन करिब असम्भव प्रायः छ ।