
काठमाण्डु, १४ माघ– काठमाण्डुको दक्षिणकालीमा गएराति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बा३ख ६१९९ नम्बरको ट्रक हनुमाने भन्ने स्थानमा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा ट्रक चालक मकवानपुरका ३१ वर्षीय मोहनलाल रुम्बा र परिचालक अछामका २८ वर्षीय गोमबहादुर बुढा छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।