प्रचण्ड–नेपाल पक्षद्वारा तेश्रो चरणको आन्दोलन घोषणा

काठमाण्डु टुडे २०७७ माघ १२ गते १६:५८ मा प्रकाशित

काठमाण्डु, १२ माघ– प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, निरंकुश र स्वेच्छाचारी भन्दै आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले तेश्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

उक्त समूहले १३ देखि २८ गतेसम्मको चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसअनुसार १३ गते काठमाण्डु उपत्यकामा सिठी जुलुस तथा १४ देखि २१ गतेसम्म संसद पुर्नस्थापानाको मागसहित माइतीघर मण्डलामा रिने अनसनको कार्यक्रम छ । यस्तै १५ गते बुटवलमा, १६ गते बिराटनगरमा र १७ गते धनगढीमा जनसभा आयोजना गरिएको छ ।

ती सबै सभालाई शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । २२ गते राजधानीमा युवा ¥याली, २६ गते मसाल जुलुस गरिने समिति सह–संयोजक पम्फा भुसालले बताइन् । भुसालका अनुसार २८ माघमा काठमाण्डुमा विरोध प्रदर्शन हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us