
चितवन, ९ माघ– – चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत फेला परेका छन् ।
पदमपुर फाँटास्थित अर्ना इन्क्लोजर क्षेत्रमा बुधबार एउटा केटो (गैंडाको बच्चा) र बिहीबार बेलशहरघाट क्षेत्रमा भाले गैंडा मृत भेटिएको हो ।
डेढ वर्षको केटो र ३० वर्षको भाले गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।
मृतक दुवै गैंडाको ब्रम्हखाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । यसैबीच यस आर्थिक वर्षमा मात्र निकुञ्जमा २२ गैंडा मरेका छन् ।
त्यसमध्ये ४ गौंडा सिकारीले मारेका हुन् । अन्य गैंडा प्राकृतिक कारणले मरेका हुन् ।