
काठमाण्डु, ३ माघ– प्रधानमन्त्री केपी ओली र सर्वोच्च अदालतका चारजना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा सम्प्रेषण भएको समाचारलाई आधार मान्दै सर्वोच्च अदालतको इजलासमा पनि कुरा उठाइयो।
तर सर्वोच्च अदालतले विज्ञप्ति प्रकाशित गर्दै ‘संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटे’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनायो। विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने मनसाय राखी सत्य, तथ्य, यथार्थ बुझ्दैनबुझी समाचार बनाएको भन्दै आपत्ति जनाइएको छ। नागरिक दैनिकबाट