राजेन्द्र महतोलाई जनकपुरमा कालोझण्डा

काठमाण्डु टुडे २०७७ पुष २७ गते २३:०० मा प्रकाशित

जनकपुर, २७ पुस– जनता समाजवादी पार्टीका नेता एवं सांसद राजेन्द्र महतोमाथि उनकै निर्वाचन क्षेत्र जनकपुरमा कालोझण्डा देखाइएको छ ।

युवाहरुको एक समूहले भानुचोकमा महतोविरुद्ध सोमबार कालोझण्डा देखाएको हो । महतो प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले आयोजना गरेको विरोधसभामा सहभागी हुन जाँदै थिए । कालोझण्डा देखाउनेहरुले राजेन्द्र महतो मूर्दावाद, सहिदको रगतसँग खेलबाड नगर जस्ता नारा लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us